बहराइन घेदुङले ल्होछारमा सांस्कृतिक कार्यक्रम गर्ने घोषणा

सैलुङअनलाइन संवाददाता
0 Shares
बहराइन
फाइल फोटो

विश्वभरिका तामाङहरुले एकैपटक मनाइने ल्होछार अर्थात नयाँ वर्ष नजिकिदै छन् । ल्होछार नजिकिदै गर्दा तामाङहरुको छाता सङ्गठन नेपाल तामाङ घेदुङका प्रवास शाखाहरुले कार्यक्रमको मिति सार्वजनिक गर्ने क्रम बढेको छ ।

यसैक्रममा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनले जनवरी २४ तारिखमा मञ्जुश्री संवत् २८५६ सोनाम ल्होछार मनाउने घोषणा गरेको छ ।

तामाङ सेवा समाज र बहराइन घेदुङको एकतापश्चात् बसेको पहिलो बैठकबाट ल्होछारका लागि एक बहादुर बल तामाङको संयोजकत्वमा १३ सदस्यीय मुल आयोजक समिति गठन गरी घोषणा गरेको हो ।

मान्मास्थित डेलमुन इण्टरनेशनल होटलमा गर्न लागिएको ल्होछार कार्यक्रममा नेपालबाट तामाङ समुदायको ख्यातिप्राप्त कलाकारहरुलाई निमन्त्रणा गर्ने समितिका अध्यक्ष एक बहादुरले बताए । त्यसदिन बहराइनमा रहेका अन्य सङ्घसंस्थाहरुलाई कार्यक्रम नजुधाई दिन आग्रह छ”अध्यक्ष एक बहादुरले भने” । समेत गरे । बृहत ल्होछार साँस्कृतिक कार्यक्रम गर्ने मुल आयोजक समितिका संयोजक एक बहादुरले बताए ।

सन् २००९ गठित बहराइन तामाङ सेवा समाज र सन् २०१७ मा स्थापना गरेको घेदुङको इतिहासिक एकतापछि पहिलोपटक कार्यक्रम गर्न लागिएको आयोजकले बताए ।

गतसाल भने तामाङ सेवा समाज र नेपाल घेदुङ प्रवास कार्यसमितिले बहराइनमा अलगअलग सोनाम ल्होछार मनाइएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका