उर्जामन्त्री-जर्मन राजदूतबीच भेटवार्ता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रायमा आईतबार भएको भेटमा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

मन्त्री पुनले जर्मन सरकारले उर्जा,प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिएको थियो । त्यसका साथै उहांले सोलार र मिनि ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुंच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए ।

मन्त्री पुनले भने ‘सरकारले पुर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ,त्यसमा जर्मन सरकारले उपलव्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ ।’ मन्त्री पुनले वैकल्पिक उर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।

भेटमा जर्मन राजदूत शेफरले उर्जा र वैकल्पिक उर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन ईच्छुक रहेको धारणा राख्नुभयो । राजदूत शेफरले वैकल्पिक उर्जालाई डेढ अर्ब बरावरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए ।

मन्त्री पुनले उक्त सहयोगको लागी धन्यवाद दिंदै बैकल्पिक उर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए । भेटमा जर्मन सरकारले वैकल्पिक उर्जामा गरेको सहयोग, तनहू जलविद्युत परियोजनालगायतका विषयमा समेत छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका