सनराइज बैंक लिमिटेडले एक हजार रुपैयाँ अङ्कित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने गरी ३ अर्ब रुपैयाँ रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ ।
यही कात्तिक २० गतेदेखि निष्काशन गर्न लागिएको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र ढिलोमा कात्तिक १९ गतेसम्म खुल्ला रहने बैंकद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । ३ अर्बमध्ये १२ लाख कित्ता बराबरको १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नको लागि तथा १८ लाख कित्ता बराबरको १ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिलाई बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।
सिद्घार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनुका साथै विभिन्न बंैक तथा वित्तीय संस्थाबाट धितो राखी कर्जासमेत लिन सकिने छ । केयर रेटिङ नेपाल लिमिटेडले ‘न्यून कर्जा जोखिम’ रेटिङ प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्यूनतम् २५ कित्ता र अधिकतम तीन लाख कित्ताको लागि आवेदन गर्न पाउने छन् । तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले जनाएको छ ।
विसं २०६४ असोज २५ मा स्थापना भई ८ अर्ब १५ करोड चुक्ता पूँजी रहेकोमा बैंकको १२ औं साधारणसभाबाट १० प्रतिशत बोनस शेयर पारित भइसकेकाले हाल चुक्तापूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३८ कायम भएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यसहित बैंकले १२२ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, आठ एक्सटेन्सन काउण्टर, १४२ एटिएममार्फत आफ्ना छ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।