नेपाल प्रवासी तामाङ समाज कतारले आगलागि पीडित सुस्मा मोक्तानलाई आर्थिक तथा लत्ताकपडा सहयोग गरेको छ ।
समाजले नोभेम्बर १ शुक्रबार दोहाको कर्नेस पार्कमा भेटघाट कार्यक्रम गरी १ हजार ९ सय ९४ कतारी रियाल पीडित मोक्तानलाई हस्तान्तरण गरेको महिला बिभाग प्रमुख अस्मिता घिसिङले जानकारी दिइन् ।
मकवानपुर राई गाउँकी पीडित मोक्तानलाई राइस कुकर, ब्लङ्केट, लत्ताकपडा लगायत विभिन्न सामग्री हस्तान्तरण गरेको समाजका सचिव प्रेमलाल तामाङले बताए ।
कतारस्थित एक प्रतिष्ठित कम्पनीमा कार्यरत मोक्तान बस्ने क्याम्पमा १५ अक्टोबरमा आगलागि भएको थियो । उनी काममा गएको बेला आगलागि हुँदा लत्ताकपडासमेत सबै नष्ट भएको थियो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1