भक्तपुरमा २१ जनाले गरे उम्मेदवारी दर्ता

सैलुङअनलाइन संवाददाता
0 Shares
भक्तपुर
eQmk'/, @! sflQs -/f;;_ M cfufdL dªl;/ !$ ut] eQmk'/ If]q g+ ! k|b]z -s_ df k|b]z;ef ;b:osf nflu x'g] pklgjf{rgsf nflu laxLaf/ lhNnf lgjf{rg sfof{nodf g]skfsf] ¥ofnL . tl:a/ M /d]z lu/L

आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा आज ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डिपी) ढकालले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्न नेकपा सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेत, प्रदेशसभासद्त्रय रामेश्वर फुयाँल, शशीजंग थापा र डा राजेन्द्रमान श्रेष्ठ, नेत्री सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष वचन देउजालगायतको नेतृत्वमा कमलविनायकबाट निस्किएको बाजागाजासहितको समूह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका गिए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापालगायतको समूह कमल विनायकबाट बाजागाजासहित कार्यालय पुगेका थिए । सो दलका तर्फबाट पूर्व क्षेत्रीय सभापति कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीको तर्फबाट निरज लवजूले उम्मेदवारी दर्ता गरेका छन् । सांसद प्रेम सुवाल, प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँलगायतको टोली कमलविनायकबाट बाजागाजासहित उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए ।

अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनंकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, नेपाली कांग्रेस (बि.पी.) बाट मधुसूदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाईँ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी स्वतन्त्रबाट कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजू, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवनचन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले पनि उम्मेदवारी दर्ता गरेका छन् । वि.सं. २०७४ मा भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको मष्तिष्काघातका कारण निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुने भएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका