लिसंखुपाखर गाउँपालिका सिन्धुपाल्चोककले आर्थिक वर्ष २०७६।०७७ को लागि ४५ करोड ९३ लाख ६५ हजार ७ सय ७५ बजेट विनियोजन गरेको छ ।
पाँचौ गाउँसभाले मंगलबार उक्त बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कुल बजेटको आर्थिक विकासतर्फ १ करोड ४७ लाख, सामाजिक विकासतर्फ ३ करोड ५२ लाख ८९ हजार ९७५, पूर्वाधार विकासतर्फ १६ करोड ९१ लाख ७७ हजार ८००, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख र सुशासन तथा संस्थागत विकासतर्फ ७० लाख विनियोजन गरेका अध्यक्ष कमलप्रसाद नेपालले बताए ।
चालुतर्फ ४ करोड ९० लाख ५० हजार, पुँजीगत २३ करोड ३१ लाख ६७ हजार ७७५, सशर्त अनुदान ११ करोड ७१ लाख ४८ हजार, सामाजिक सुरक्षा भत्तातर्फ ६ करोड विनियोजन गरेका उपाध्यक्ष हेमगंगा मोक्तानले बताइन् ।
गाउँसभामा मानव बेचबिखन र बाल बिवाह मुक्त गाउँपालिका बनाउन प्रयत्न गरिने उपाध्यक्ष मोक्तानले बताइन् ।
गाउँपालिकाका सबै गतिबिधिहरु रेडियो, पत्रपत्रिका, इन्टरनेट र सामाजिक सञ्जालजस्ता सञ्चार माध्यमबाट नागरिकह?लाई स“स’चित गरिने छ ।
गाउँपालिका भित्र १५ शैयाको अस्पतालको लागि पहल गरिनेछ ।
कृषि र पशु विकासलाई व्यवसायीकरण गर्न न्यूनतम अनुदानको व्यवस्था गरिने अध्यक्ष नेपालले बताए ।