लेबनानमा हजारौँ विद्यार्थीद्वारा प्रदर्शन

सैलुङअनलाइन संवाददाता
0 Shares
लेबनान

चार हप्ता अघिदेखि आन्दोलनमय भएको लेबनानमा बिहीबार हजारौ विद्यार्थीहरूले सडकमा प्रदर्शन गरेका छन् ।

सरकार विरुद्ध देशभरी नै उनीहरुले सडकमा प्रदर्शन गरेको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् । सुनौलो भविष्य, पर्याप्त रोजगारी, विकृती विसंगतीको अन्त्य, भ्रष्टाचार न्युनीकरण, मूल्य वृद्धि नियन्त्रण, गुणस्तरीय सरकारी सेवालगायतका माग राख्दै लेबनानमा आन्दोलन भइरहेको हो ।

उनीहरुले अहिलेका शासक खराब रहेको भन्दै सरकार परिवर्तन गर्नु पर्ने माग पनि राखेका छन् ।बिहीबारको प्रदर्शनमा सहभागीहरूले विद्यालयको झोला बोकेका थिए भने प्रदर्शनको अग्रपंक्तिमा महिलाहरू रहेका थिए ।

प्रदर्शनमा सहभागीहरू विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू रहेको समाचारमा जनाइएको छ । उनीहरुले लेबनानको राष्ट्रिय झण्डा फहराएका थिए भने सडक अवरुद्ध गरेका थिए ।

सम्बन्धित समाचार 

लेबनानी पाउण्डको विनिमय दरमा गिरावट

लेबनानमा १५ औँ दिन पनि आन्दोलन जारी

लेबनानमा आन्दोलनको पाँचौँ दिन प्रधानमन्त्री हरिरिद्वारा आर्थिक सुधारको घोषणा

तपाईको प्रतिक्रिया