नेपाल म्यान्मासँग पराजित

म्यान्मा

नेपालको राष्ट्रिय फुटबल टोली म्यान्माविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । म्यान्माको मन्डला थ्री रङ्गशालामा बिहीबार भएको खेलमा नेपाल म्यानमासँग ३–० गोलले पराजित भएको हो ।

पहिलो हाफमा २–० गोलले पछि परेको नेपालविरुद्ध म्यान्माले मध्यान्तरपछिको खेलमा थप एक गोल गर्‍यो । खेलको तेस्रो मिनेटमै म्यानमाले गोल गरेको थियो । उसका लागि म्यीन्ट तुन अउङ्गले गोल गरेका थिए ।

दोस्रो गोल म्यानमाका डेभिड हटनले गरेका थिए । म्यानमाले खेलको ६९औँ मिनेटमा तेस्रो गोल गरेको थियो । नेपाल यसअघि सन् २००८ मा भारतमा भएको एएफसी च्यालेन्ज कपमा पनि म्यानमासँग ३–० गोलले पराजित भएको थियो ।

विश्व कप छनोटअन्तर्गत मङ्सिर ३ गते कुबेतविरुद्ध हुने खेलको तयारीका लागि नेपालले म्यानमासँग मैत्रीपूर्ण खेल खेलेको हो । विश्वकप छनोटको सबै खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अङ्क जोडेको छ ।

सम्बन्धित समाचार 

म्यान्मा विरुद्ध उत्रिए नेपाल

तपाईको प्रतिक्रिया

पत्रपत्रिका