ह्वाइट हाउस र नोवेल एकेडेमी समूह विजेता

सैलुङअनलाइन संवाददाता
0 Shares
धनगढी

हिमालय ह्वाइट हाउस काठमाडौ र नोवेल एकेडेमी कञ्चनपुर यहाँ जारी ‘निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग’को समूह विजेता बनेका छन् ।

सङ्घीय प्रहरी कार्यालय धनगढीको खेल मैदानमा आज भएको खेलमा हिमालयन ह्वाइट हाउस, एबीसी स्कुल नेपालगञ्जलाई २० रनले पराजित गर्दै समूह ‘डी’ को विजेता बनेको हो । यसअघि ह्वाइट हाउसले सैनिक आवासीय महाविद्यालयलाई १० विकेटले हराएको थियो । समूह ‘डी’अन्तर्गत शुक्रबार एबीसी स्कूल र सैनिक आवासीयबीच लिग चरणको अन्तिम खेल हुनेछ ।

बिहिवारको खेलमा टस जितेर ब्याटिङ गर्दै हिमालयन ह्वाइट हाउसले २० ओभरमा सवै विकेट गुमाउँदै १२५ रन बनायो । उसका लागि नारायण जोशीले ३८, रामसुरत यादवले २१ तथा विवेक बुढाथोकीले १७ रन बनाए । बलिङतर्फ एबीसी स्कुलका तुलाराम थापा र सुनिल चौहानले दुई÷दुई विकेट लिए ।

एक सय १२६ रनको विजय लक्ष्य पछ्याएको एबीसी स्कुल १९ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै १०५ रनमा समेटियो । उसका लागि विराट भण्डारीले ३७ र मोहम्मद इमरान हस्लाओले २५ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका आरियो पौडेलले पाँच विकेट लिए । उनी म्यान अफ द म्याच भए ।

आजै सम्पन्न अर्को खेलमा शारदा माविलाई ४२ रनले हराउँदै नोवेल एकेडेमी समूह ‘सी’ को विजेता बन्यो । पहिले ब्याटिङ गर्दै नोवेलले २० ओभरमा तीन विकेटको क्षतिमा १६२ रन बनायो । उसका लागि किरन ठगुन्नाले अविजित ६० तथा गणेश विटालुले अविजित ४६ रन बनाए ।

बलिङतर्फ शारदाका लागि सोनु अन्सारीले दुई विकेट लिए । एक सय ६३ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा नौ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो । उसका लागि सोनु अन्सारीले २६ तथा लक्ष्मण कठायतले १८ रन बनाए । बलिङतर्फ नोवेलका लागि महेश विष्ट र अनिल थापाले दुई÷दुई विकेट लिए । नोवेलका ठगुन्ना म्यान अफ द म्याच भए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका