गायक असीमको `दोलखा चरिकोट´ बजारमा

सैलुङअनलाइन संवाददाता
काठमाडौ

दोलखाका गायक असीम कुमार कटुवालको लोक दोहोरी ‘दोलखा चरिकोट’ बोलको गीत भिडियोसहित बजारमा आएको छ ।

साङ्गीतिक क्षेत्रमा अघि बढ्दै गरेका गायक कटुवालले दर्जनौं गीतहरू बजारमा ल्याएका छन् । पछिल्लोपटक भने उनले आफ्नै शब्द तथा सङ्गीत रहेको `दोलखा चरिकोट´ लिएर आएका हुन् ।

गीतमा कटुवाललाई देवी खड्काले आवाजमा साथ दिएकी छिन् ।कमल सौरगको सङ्गीत संयोजन रहेको गीतमा कुमार सानु पुन मगरको मिक्सिङ रहेको छ ।

राज तामाङले कोरियोग्राफी गरेको गीतलाई नारायण मगरले निर्देशन र सम्पादन गरेका छन् । राकेश रनपालको शृङ्गार र छायाङ्कनमा रामेश्वर जिरेल रहेको छ ।

दोलखाको विभिन्न स्थानमा छायाङ्कन गरिएको गीतको भिडियोमा पवन खतिवडा (मकुरी), रीना थापा मगर, नारायण मगर र देविका कटुवालको समेतको अभिनय रहेको छ । प्रेमिल भावको लोकदोहोरी गीतमा दोलखा जिल्लामा रहेका स्थलहरुको बारेमा व्याख्या गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका