भारतबाट खाडीमुलुक पठाउने महिला पक्राउ

बाँके

बाँके सीमापारीको भारतीय बजार रुपैडियाबाट एक नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । दुई जना नेपाली महिलालाई रोजगारीका लागि खाडीमुलुक पठाउन लैजाँदै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो ।

एसएसबी ४२  बाहिनीका अनुसार, शङ्का लागेर सोधपुछ गर्दा दुवै महिलाले राईले खाडीमुलुक लैजान लागेको बताएका थिए । कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २५० दिनार, पाँच हजार ६०० नेपाली रुपैयाँ, मोबाइल र नेपाली नागरिकता बरामद भएको एसएसबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया