हरिवनको नीति हरियाली नगर, बजेट ७४ करोड

सर्लाही

हरिवन नगरपालिकाले आर्थिक वर्ष ०७६।०७७ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार तेस्रो नगरसभाले ७४ करोड ७९ लाख ८८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

जसमा संघीय सरकारबाट ३१ करोड ३८ लाख, प्रदेश सरकारबाट १ करोड ४२ लाख ३८ हजार रहेको नगरप्रमुख गणेशप्रसाद प्रसाईले बताए ।

सामाजिक सुरक्षा कार्यक्रमबाट ८ करोड, बहुक्षेत्रीय पोषण कार्यक्रमबाट १७ लाख ७५ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट १० लाख, राजश्व बाँडफाँडबाट ९ करोड ९९ लाख, सडक बोर्डबाट ८० लाख, नगर विकास कोष ऋणबाट १० करोड जुटाउने लक्ष्य लिएको नगरप्रमुख प्रसाईल बताए ।

त्यस्तै नगरपालिका आन्तरिक श्रोत ४ करोड ७० लाख, वैदेशिक आप्रावाशन सुचना केन्द्र २३ लाख, सम्पुरक विशेष अनुदान ५ करोड, राष्ट्रपति चुरे मधेस संरक्षण विकास कार्यक्रमबाट २ करोड र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट १ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गर्दै सबैभन्दा बढी पुर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरेको उनले बताए । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममा पुर्वाधार विकासलाई नै उच्च प्राथमिकतामा राखिएको छ। नगरलाई हरियाली बनाउन प्रत्येक वडामा फलफुलको विरुवा वितरण गर्ने लक्ष्य राखेको नगर उपप्रमुख रेणुका पौडेलले बताइन् । खानेपानीको अत्याधिक समस्या रहेकोले चुरे क्षेत्रमा वृक्षारोपण गरी यसको समस्यालाई छिट्टै नै सुल्झाउने उनले बताइन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया