अनशनरत डा. केसी अस्पताल भर्ना

डडेल्धुरा
फाइल तस्वीर

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गर्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । डा. केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिए । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा. केसीलाई अस्पताल भर्ना गरिएको डा. कँडेलले बताए ।

चिसोका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा. केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा. केसीले कात्तिक १८ देखि अनशन थालेको हो ।

तपाईको प्रतिक्रिया