हिराचनको शालिक अनावरण

रसुवा

लोक प्रिय नेता स्वर्गीय भिमलाल हिराचनको मंगलबार एक कार्यक्रमबीच शालिक अनावरण गरिएको छ ।

नेता छोवाङतेन्जिङ तामाङले अनावरण गर्दै उनी एक असल राजनीतिज्ञ भएको उल्लेख गरे ।

२०१५ साल असोज १५ गते जन्मेकोका स्व. हिराचन २०४६ सालमा कम्युनिष्ट पार्टी गठन गरी अन्याय अत्याचार शोषणविरूद्व रसुवालीको हकहितमा आवाज उठाउन अघि बढेका नेता थिए ।

लामो समयसम्म जनप्रतिनिधिको रूपमा तत्कालीन जिविसको सभापति र नेकपाको पार्टी सचिवको रूपमा काम गरेका थिए । उनलाई २०६१ साल वैशाख २७ गते साविकको सरमथली गाविस ७ धिचेत खोला नजिककै तत्कालीन माओवादीले हत्या गरेका थिए ।

अनावरणमा नेकपा रसुवाका अध्यक्ष कर्याल तामाङ, पार्टी सचिव ईन्द्र गोतामे (जगतजङ्ग),उहाँको धर्मपत्नी छिरिङवाङमो हिराचन, गोसाईकुण्डका प्रमुख कैसाङनोर्पु तामाङ लगायत रहेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका