कालिका र उत्तरगया गाउँपालिकामा रहेका ५० भन्दा बढी पसलहरुमा सोमबार अनुगमन गरिएको छ । कोष लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र सम्वन्धित गाउँपालिकाले अनुगमन गरेका हुन् ।
अनुगमनबाटे १२५ लिटर अबैध घरेलु मदिरा, म्याद नाघेका बिस्कुट ७४ प्याकेट, दालमोठ, फुरनदाना ५ प्याकेट, स्पाइसी फिस ३३ प्याकेट, सिद्रा माछा सुकुटी ३३ प्याकेट बरामद गरेको छ ।
यसैगरी कोकाकोला ६ बोतल, सुजी पिठो ११ प्याकेट, बट्टावाला दुध १ बट्टा नष्ट गरिएको छ ।
अव्यवस्थित होटल संचालन, मुल्य सूचीे, प्यान र भ्याट नभएका ५ व्यवसायीलाई सचेत पत्र काटिएको छ । पत्रमा ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन सुचित गरिएको छ ।
अनुगमन जिल्ला प्रशासन कार्यालयको संयोजन भएका थियो । सबै स्थानका बजारहरुमा बजार अनुगमन निरन्तर र प्रभावकारी रुपमा गरिने प्रजिअ अर्जुन भण्डारीले बताए ।