नौकुण्ड–५ भोर्लेमा पालिएको कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु भेटिएको छ ।
विगत दुई महिना यता फैलिएको अज्ञात रोगले गाउँमा पालिएको कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा रोग फेला परेको हो । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वरमा जाँच गर्दा बर्डफ्लु भेटिएको प्राविधिक रामशरण न्यौपाने जानकारी दिए ।
स्थानीय राजकुमार थिङ र बुद्विबहादुर थिङले पालेको कुखुरा फर्मबाट एच ५ एन १ भेटिएको थियो ।
बर्डफ्लु नियन्त्रण आदेश २०६४ को दफा ६ को १२२ अनुसार रोग फैलिन नदिन खोर लगायत कुखुरा नष्ट गरिएको छ । चारैतिर संक्रमण बढ्न नदिन नष्ट गरिएकोे प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।