लोप्चनको पिएचडी तामाङको शैक्षणिक प्रयोग विषयमा

काठमाडाैं
PHOTO:

भाषा आयोगको मातृभाषा शिक्षा विभागमा कार्यरत लोकबहादुर लोप्चन तामाङले ‘विद्यालयमा तामाङको शैक्षणिक प्रयोग विषय’ मा विद्यावारिधी (पिएचडी) गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेको हो ।

खानिखोला गाउँपालिका–२ फलामेटार, काभ्रेका लोप्चनले प्रावि तहको प्राधानाध्यापक हुदै २०५१ बाट जागिरमा प्रवेश गरेका हुन् । मावि शिक्षक प्रधानाध्यापकसहित (वि.सं. २०५६ देखि २०६० सम्म), निमावि शिक्षक स्थायी (वि.सं.२०६० देखि २०६३ सम्म), मावि शिक्षक स्थायी (वि.सं. २०६३ देखि २०६६ सम्म), विद्यालय निरीक्षक शिक्षा प्रशासन (वि.स.२०६६ साउनदेखि मंसिरसम्म), उपसचिव (वि.सं.२०६६), उपनिर्देशक, क्षेत्रीय शिक्षा निर्देशनालय, सानोठिमी र जिल्ला शिक्षा अधिकारी २०६८ देखि २०७३ भएका थिए । उनी नै तामाङ समुदायबाट प्रथम जिल्ला शिक्षा अधिकारी हुन् ।

लोप्चनले पाँचथर, तेह्रथुम, ओखलढुंगा र दोलखामा जिल्ला शिक्षा अधिकारीको नेतृत्व गरिसकेका छन् ।

उपसचिव लोप्चनले हालसम्म लेखन एवं सम्पादन गरेका पुस्तकहरु आजाद स्वर्ण गुञ्जन स्मारिका, बालुवा काभ्रे (२०६३), शिक्षक प्रतियोगिता सफलता कुञ्जिका पुस्तक (२०६९), शिक्षामा मातृभाषाको प्रयोगसम्बन्धी राना थारु भाषाको प्रतिवेदन सम्पादन (२०७५), शिक्षामा मातृभाषाको प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान विधि (२०७५), भाषा आयोगमा विभिन्न १५ भाषाहरुको लोकवार्ता सम्पादन (२०७५), प्राङ्बोला छेटाङ तामाङ उपन्यासको समालोचना (काइतेन २०७५ मा प्रकाशित), गुमेको सपना नाटक लेखन तथा मञ्चन (२०६३) (प्रकाशोन्मुख), बहुभाषिक शिक्षाको अवधारणा र अभ्यास, परिचय पुस्तिका (प्रकाशोन्मुख) छन् ।

उनका विभिन्न दैनिक, मासिक, स्मारिका लगायतका पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया