जेष्ठ आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा तथा संस्थाका अध्यक्ष रामप्रसाद आचार्य, उपाध्यक्ष कृष्णबहादुर थपलिया, सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा नगरपालिकाकी कार्यपालिकीय सदस्य कला, वडा न ९ का अध्यक्ष कुन्दन खडरका लगायत शेयर सदस्य तथा स्थानीय गरि सात सय भन्दा बढिको उपस्थिति रहेको थियो । सेवा केन्द्र सञ्चालनको अवसरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
संस्थाका कार्यकारी संचालक हेम बहादुर कार्कीका अनुसार संस्थाले हाल न्युरोड, मैतिदेवी र काडाँघारीबाट सेवा प्रदान गर्दै आएको छ ।
संस्थामा ७५ जना कर्मचारी आबद्ध भएको बताउदै कार्कीले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार १ अर्ब ३८ करोड पुर्याई ९५ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको बताए । उनले भने, ‘सहकारीको संख्या धेरै भएपनि हामीले आर्थिक, सामाजिक, सांस्किृतिक, पर्याबरणीय कार्यमा ध्यान दिएका छौं ।’ संस्थाले गत कात्तिक २ गते काँडाघारी क्षेत्रमा २६ वटा टोल सुधार समितिको सहभागीतामा सरसफाई अभियान सम्पन्न गरिएको कार्कीले जानकारी दिए ।
संस्थाका अध्यक्ष रामप्रसाद आचार्यले संस्थाले गाउँ शहर जोड्ने उद्देश्यले कागेश्वरी मनहरामा सेवा केन्द्र सुरु गरिएको बताए । उनले भने, ‘हामीले आम नागरिकको, शेयर धनीको विश्वास जित्ने काम गरेका छौं । त्यसकारण सदस्यहरु बढ्दै गएका छन् ।’