सिजो

श्रीराम श्रेष्ठ लेखक/साहित्यकार
21 Shares
सिजो


सकिनौ माया दिन चुपचाप बसिरह्यो
सम्झेको बेला तिमी लजाएको हुनुपर्छ
पर्खिएँ लामो समय सपनीमा रहेछु ।


समय पर्खिबसे साँझपख मन रोयो
बुझाएँ आफ्नै मन कसोगरी चित्त दुख्यो
दुखित अनुहारले खोजिएछ सान्त्वना ।


विश्वास गर्नेलाई घात गर्छौ जानीजानी
कोमल हृदयमा चोट पुग्छ अनायास
हुँदैन पछुताएर बाटो छेक्दै हिँडेछ ।


पूर्णेको जुनजस्तै आँखा छेउ उजेलियौँ
खुसीले गदगद बाँच्नलाई इच्छा जाग्यो
चाहेको प्रेम प्रणय हतारिँदै कुदेछ ।


राखेछु तिमीलाई दिलभित्र माया गर्दै
विश्वास दिँदा पनि शङ्का गरी हेर्छौ किन ?
आत्तिएँ सहन गाह्रो आफैदेखि टाढिए ।


भिजेको परेलीमा स्पर्श गर्न मन लाग्यो
सम्झेर कामुकता लोभ लाग्दै आशा जाग्यो
नजिक पुग्न पाएमा भाग्यमानी सम्झौता ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया