विदेशी हवाई सेवा बढाउने बेला किन बन्द भयो ल्हासा–काठमाडौँ उडान ?

पत्रपत्रिका
पत्रपत्रिका
काठमाडाैं

सरकारले नेपाल भ्रमण वर्ष सन् २०२०लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनी र मुलुकको सङ्ख्या बढाउने कूटनीतिक पहल गरिरहेका बेला चीनको ल्हासा हुँदै आएको उडान रोकिएको छ ।

गत महिना चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा नेपाल आउने सो मुलुकका पर्यटकको सङ्ख्या बढाउने द्विपक्षीय छलफल भएको चर्चा सेलाउन नपाउँदै चिनियाँ राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले ल्हासा–काठमाडौँ उडान रोकेको हो ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा एएर चाइनाले यो रुटमा उडान स्थगित गरेसँगै नेपाल हुँदै तिब्बत जाने तेस्रो मुलुकका पर्यटक र चीन हुँदै नेपाल आउने यात्रुलाई प्रत्येक्ष असर पर्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा  छ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका