भृकुुटी नमुना स्काउट क्याम्पोरी २०७६ सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
चितवन

भृकुुटी नमुना स्काउट क्याम्पोरी २०७६ सम्पन्न भएको छ । कार्तिक २२ गते बाट सुरु भई २४ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा १४ जिल्लाका ४८ विद्यालयबाट ११ सय ७१ जना विद्यार्थीको सहभागीता रहेका थिए ।

भातृत्व भगिनीत्व एवम् मित्रता अभिबृद्घि गर्ने, अनेकतामा एकता, नागरिकको चेतनाको विकास, मैत्री भावना, शान्ति, कला संस्कृतिको रक्षा तथा युवायुवती तथा किशोर÷किशोरीहरुलाई दुव्र्यसनीबाट बचाई रचनात्मक कार्यमा संलग्न गराउदै उनीहरुको सर्वाङ्गीण विकास गर्ने उद्देश्य राखीभृकुटी वोर्डिङ स्कुल भरतपूर–३ ले ३ दिने ‘भृकुटी नमुना स्काउटक्याम्पोरी’कार्यक्रम आयोजना गरिएको स्काउट शिक्षक तथा संयोजकरामु पाण्डेले जानकारी दिए ।

कार्यक्रमलाई नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज न्यौपाने, संघिय संसदका माननीय सांसद एवं कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सम्बोधन गरेको थियो ।

शाहशिक, मनोरञ्जनात्मक र वौद्घिक गरि ३ भागमा विभाजित गरिएको उक्त कार्यक्रममा शोभायात्रामा न्यु होराइजन वोर्डिङ स्कुल, प्रगति पाठशाला, लिटिल स्टार वोर्डिङ स्कुल र गुरुकुल स्कुल क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।

अन्तर विद्यालय नृत्य प्रतियोगितामा न्यु होराइजन वोर्डिङ स्कुल, अर्किड स्कुल, ग्रीनल्याण्ड पब्लिक स्कुल तथा चित्रवन वोर्डिङ स्कुल क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वनास्थान प्राप्त गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन बृहत क्याम्पफाएर भएको थियो । अन्तिम दिन धार्मिक शहिष्णुतालाई उत्प्रेरित गर्न सर्वधर्म सभाको आयोजना गरी नारायणगढ बजार लगायत विभिन्न स्थानको दृश्य अवलोकन कार्यक्रम समावेश गरिएको सहभागी शुभराज तिमल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया