कोकिनसहित विदेशी नागरिकलाई पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपाल प्रहरीले दुई किलोग्राम कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले दुई किलोग्राम १०० ग्राम कोकिनसहित ब्राजिलका नागरिक ६१ वर्षीय सर्जियो ट्रस ओगावालाई सोमबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले ब्राजिलको सापाउलोबाट कतार एयरवेजको उडानद्धारा दोहा हुँदै नेपाल आएका ओगावालाई लागुऔषधसहित पक्राउ गरिएको जानकारी दिए । ‘कालो रङको सुटकेशमा खानतलासी गर्दा कालो रङको पेपरमा बेरेर फल्सबटम बनाईल्याएको अवस्थामा चेकजाँचका क्रममा पक्राउ गरेका हौँ’, उनले भने ।

पक्राउ परेका ओगावालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको लामाले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका