लिटिल फ्लावरलाई उपाधि

सैलुङअनलाइन संवाददाता
0 Shares
धनगढी

धनगढीमा सम्पन्न ‘निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतयोगिता’को चौथो संस्करणको उपाधि लिटिल फ्लावर स्कुलले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा हिमालय ह्वाइट हाउस काठमाडौलाई नौ विकेटले हराउँदै आयोजक लिटिल फ्लावर च्याम्पियन बनेको हो । लिटिल फ्लावर तेस्रो संस्करणको समेत विजेता हो ।

उपाधिसँगै लिटिल फ्लावरले रु दुई लाख तथा उपविजेता हिमालय ह्वाइट हाउसले रु एक लाख पुरस्कार पाए । टस जितेर ब्याटिङ गरेको हिमालय ह्वाइट हाउसले १३७ रन बनायो । एक सय ३८ रनको विजयी लक्ष्य लिटिल फ्लावरले ११ बल बाँकी छुँदै पूरा गर्‍यो । उसका लागि सुवाश ऐर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे । सुवाशले ५४ बलमा तीन छक्का र नौ चौकाको मद्दतमा अविजित ६८ तथा विपिनले ३८ बलमा तीन छक्का र चार चौकासहित ४७ रन बनाए । यस्तै नरेन भट्टले अविजित १२ रन जोडे ।

यसअघि हिमालय ह्वाइट हाउसले २० ओभरमा १३७ रन बनाएको थियो । उसका लागि ओपनरद्वय दीपक बोहोराले ३४ तथा सुदीप बस्स्नेतले १८ रन बनाएका थिए । सुमित श्रेष्ठले २५ रनको योगदान दिए । बलिङतर्फ लिटिल फ्लावरका दीपक रोकाया र अनुराग सिंहले दुई÷दुई तथा विपिन रावलले एक विकेट लिए । लिटिल फ्लावरका सुवाश ऐर म्यान अफ द म्याच भए ।

कात्तिक १६ गतेदेखि शुरु भएको उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाइट हाउसका आरियो पौडेल भए । उनले रु १५ हजार पुरस्कार पाए । शारदा विद्या निकेतनका वीरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटिल फ्लावरका दिपक रोकाया उत्कृष्ट बलर तथा लिटिल फ्लावरकै अनुराग सिंह उदीयमान खेलाडी घोषित भए । उनीहरुले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

विजयी टोली तथा खेलाडीलाई आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाही, निष्ट कलेजका संस्थापक प्रिन्सिपल डा.माधव बराल लगायतले पुरस्कार वितरण गरेको थियो । प्रतियोगितामा १२ विद्यालय सहभागी थिए ।

सम्बन्धित समाचार 

क्रिकेट : नोवेल र शारदा विद्या निकेतन सेमिफाइनलमा

ह्वाइट हाउस र नोवेल एकेडेमी समूह विजेता

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया