दक्षिण कोरियामा रहेका तामाङहरुलाई मध्येनजर गर्दै बृहत बनभोज आयोजनको तयारी भइरहेको छ ।
नेपाल तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसाङनाम्दोले जुलाई २७ र २८ (शनिबार, आइतबार) मा ‘ह्याङ्ला रिमठिम’ बृहत बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । गर्मीको मौसममा पानी खेल्दै, नाच्ने तथा विभिन्न परिकार खाने कार्यक्रम गर्न लागेको आयोजक संस्थाले जनाएको छ । यसको लागि रमाइलो ठाउँ ‘छुङनाम खुमसान गुन छुवु म्यान सङदान’को सथेनसान ड्रिम रिसोर्टमा जम्मा भइ सामूहिक रमाइलो गर्ने भएको हो । ड्रिम रिसोर्टमा वाटर पार्क पनि रहेकोले धेरै रमाइलो हुने र नजिकै वनजंगलमा पदयात्राको वातावारण रहेकोले यसमा पनि रमाइलो गर्न सक्ने बताएको छ ।
कार्यक्रम अहिलेसम्मकै नयाँ, ऐतिहासिक र मौलिक साँस्कृतिक वनभोज हुने तामाङ संघका अध्यक्ष मेघ वाइबाले बताए । उनले भने वनभोज मात्रै नभएर साँस्कृतिक तथा मौलिक खाना, नाच आदि हुने बताए । ‘त्यस दिन कोरियाभरि रहेका तामाङहरुको भेट पनि राम्रै हुने विश्वास छ, उनले थपे ।’
वनभोजमा सहभागी हुनका लागि लगभग कोरियाको सबै जसो ठाउँबाट तयारी र आर्थिक संकलन शुरु गरिएको छ । सहभागी हुनका लागि प्रतिव्यक्ति महिलालाई ७० हजार कोरियन वन र पुरुषलाई ८० हजार वन तोकिएका छन् ।