तमु धिं नेपाल प्रवास शाखा साउदी अरेबियाले तमु ल्होसार मनाउने भएको छ । शाखाले अक्टोबर ८ तारीख प्रेस विज्ञप्ति जारी गरी सन् २०२० जनवरी ३ तारीख शुक्रबार विशेष सांगीतिक सौगातको आयोजना गरी मनाउने जनाएको छ ।
तमु धि साउदी अरेबियाका अध्यक्ष तथा कार्यक्रम संयोजक खेम तमुका अनुसार कार्यक्रम दमामस्थित प्यारागोन रेस्टुरेन्टमा हुने भएको छ ।
च्यु ल्होसार मुसा बर्गको अवसर पारेर गर्न लागिएको कार्यक्रममा नेपालबाट अतिथि तमु कलाकार ल्याइने तमु धि का अध्यक्ष तथा कार्यक्रम संयोजक तमुले बताए । उनले थपे- तमुहरु चाडपर्वहरुमा विशेष गरेर सांगीतिक पाटो रहने गरेकाले संस्कार, संस्कृति संरक्षण तथा सम्बर्द्धनसँगै ल्होसार मनोरञ्जनमय बनाउन लागेको हो ।
कार्यक्रममा तमुहरुको मौलिक परिकारहरुसँगै भाग्यशाली चिट्ठा, र ल्हो बिदाई र स्वागत गर्ने लगायत तमु तथा गैर तमुहरुमा शुभकामना आदानप्रदान गर्ने र नेपालबाट आमन्त्रित कलाकारसँग स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेनछ संयोजक तमुले भने,। तमुका अनुसार ल्होसार कार्यक्रमलाई व्यापक बनाउन साउदी अरेबियाको रियाद, अलहासा, जुबेल, दम्माम, खोबर लगायतका सहरहरुबाट तमुहरुले आआफ्ना तरिकाले प्रचारप्रसार गर्ने र कार्यक्रममा सम्पूर्ण तमु तथा गैर तमुहरुलाई उपस्थित गराउनेछन् ।
भौगोलिक दुरीका कारण साउदी अरेबियाकै जेद्दा सहरमा भने जनवरी ३ मा ल्होसार मनाउने तयारी संयोजक खेम तमुले जानकारी दिए । उनले सोही दिन विभिन्न संघसंस्थाहरुलाई कार्यक्रम नजुधाई दिन अनुरोध गरेका छन् ।
सन् २००४ मा स्थापना भएको तमु धिं प्रबास शाखाले स्थापनाकालदेखि नै प्रत्येक बर्ष सांस्कृतिक कार्यक्रम गरी तमु ल्होसार मनाउदैं आएको छ ।
वर्षकै छोटो दिन पुस १५ मा मनाइने गुरुङहरुको ल्होसार अर्थात ल्हो वर्ष मुसाबाट सुरु भइ गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेँडा, बाँदर, चरा, कुकुर र मृग वा सुगुरमा पुग्दा एक चक्र पुगेको मान्ने गर्छन् । गुरुङसँगै तामाङले सोनाम ल्होछार माघमा र शेर्पा, खम्बालगायतका समुदायले फागुनमा १२ वटा पशुपन्छीहरुको चित्रण गरेर प्रत्येक वर्ष नयाँ साल मनाउने गर्छन् ।