भर्खरकी जवान नुवाकोटकी तामाङ केटीलाई विवाह गर्छु भनेर काठमाडौ ल्याउँदा मुम्बई पुर्याएजस्तै, तपाईले हामीलाई काठमाडौं भनेर मुम्बई पुरयाउँदै हुनुहुन्छ भनेर विप्लवजीले मलाई भन्नुभएको थियो । यो भनाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको बजेट अघिबेशनलाई सम्वोधन गर्दै बोलेका थिए ।
उनले सम्बोधनको क्रममा भूमिगत राजनीति गरिरहेका नेत्रबिक्रम चन्द विप्लवको बोलीलाई उदृत गरेको भएतापनि शिर्ष नेताको हैसियतले उदाहरण दिनु नहुने भन्दै अापत्ति जनाएका छन् ।
समाचार सम्प्रेषण भएपछि सामाजिक सञ्जालमा तामाङ समुदायले व्यापक विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा तामाङलाई राम्रोसँग नै हिच्याएको, अपशब्द, तामाङको छोरीमात्रै बम्बई पुगेको, अनुगमनको लागि उनलाई पठाउने, जातित्वको नारा लाएर सडेको जस्ता प्रतिक्रिया दिएका छन् ।
यस विषयमा तामाङ समुदायका अगुवा भन्नेहरु र तामाङका संघसंस्थाहरुले भने मौन रहेका छन् ।
भरतपुर महानगरपालिकाको बजेट अघिबेशनलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले विप्लवलाई आफुले राम्रोसँग चिनेको बताए । उनले विप्लवसँग भएका विगतका कुरा सम्झैदै एउटा बैठकको कहानी समेत सुनाए ।
‘जतिबेला हामी १२ बुँदे दिल्ली सम्झौदा हुँदै शान्ति प्रक्रियामा आयौ, त्यसपछि बृहत शान्ति सम्झौता पनि भइसकेको थियो । संविधानसभाको निर्वाचनमा हामी ठुलो दल पनि बनेका थियो’ प्रचण्डले विप्लवसँगको अनुभव साट्दै भने ‘त्यही बेला हाम्रो केन्द्रीय समितिको बैठक बसेको थियो । केन्द्रीय समितिको बैठकमा विप्लवले मलाई सोच्न बाँध्य पार्ने गरी एउटा तर्क पेश गर्नु भएको थियो ।