मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन् ।
रविना यसअघि मेगा बैंकमा नायव महाप्रबन्धक थिइन् । मेगा बैंक स्थापनादेखि उनी मेगा बैंकमा कार्यरत छिन् ।
नबिल बैंक छाडेर उनी मेगा गएकी थिइन् । ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने रविनाले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन् ।
रविनाको अध्ययन पनि कलकत्तामै भएको थियो । श्रेष्ठ त्यसपछि तत्कालिन ग्रिण्डलेज बैंक (अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा आइन् । त्यहाँ उनले १३ बर्ष काम गरेकी थिइन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1