पत्रकारको अधिकार स्थापित गर्न महासंघ लागि पर्दै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
खलङ्गा

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारको अधिकार स्थापित हुनुपर्ने बताएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लामा आज गरिएको अन्तरक्रिया तथा स्वागत कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारहरुको पारिश्रमिक बढाउनेदेखि विभिन्न नीतिहरु कार्यान्वयनको आवश्यकता रहेको बताए ।

उनले जिल्लाबाट काम गर्ने पत्रकारका लागि सञ्चारमाध्यमले पारिश्रमिक ऐन कार्यान्वयन गरेमा पत्रकारको अधिकार स्थापित हुने कुरा थपे । उनले पत्रकारको बाँच्न पाउने अधिकार स्थापित हुुनुपर्ने भन्दै प्रदेश र जिल्लालाई अधिकार दिएमा मात्रै पत्रकारिता क्षेत्रमा विकास हुने भनाइ राखेका थिए । अध्यक्ष आचार्यले पत्रकारले पनि पेशागत मर्यादामा रहेर काम गर्नुपर्ने बताए । उनले कर्णाली प्राकृतिक सम्पदाको धनी भएकाले पत्रकारले लुकेका कुरालाई अगाडि ल्याउनुपर्ने बताए ।

स्थानीय पत्रकारले पारिश्रमिक ऐन कार्यान्वयन हुनुपर्ने, समानुपातिक विज्ञापन लागू गरी दुर्गम क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, प्रेस पास जिल्लास्तरबाटै वितरण हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

बिबिसी नेपाली सेवा जुम्लाका संवाददता तथा नेपाल पत्रकार महासङ्घका प्रदेश सदस्य कृष्णमाया उपाध्यायले सङ्घीयताले पत्रकारलाई अधिकार कम दिएको भन्दै पत्रकार बाँच्ने आधारका लागि महासङ्घलाई पैरवी गर्न सुझाव दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष आचार्य, पूर्वअध्यक्ष सुरेश आचार्य, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली, नेपाल प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीसहित पत्रकारको टोली अहिले कर्णालीमा पत्रकारिता क्षेत्रको अन्तरक्रिया गर्दै भ्रमणमा छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका