दुप्चेश्वर गाउँपालिकाले महिला तथा बालबालिका अन्र्तगत पालिका स्तरीय रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
रुकमणी माध्यमिक विद्यालय समुन्द्रटारमा बुधबार सम्पन्न प्रतियोगितामा १४ वटा विद्यालयका छात्राछात्रहरुले भाग लिएका थिए ।
म्युजिकल चेयर प्रतियोगिताको छात्रातर्फ महादेव माविका सरीता तामाङ, छात्रतर्फ सोही विद्यालयका जिवन तामाङ प्रथम भएका छन् । यसैगरी द्धितियमा दुप्चेश्वर माविकै छात्राछात्र बुद्धिमाया तामाङ र सुजित पण्डित र तृतियतर्फ घ्याङफेदी माविका छात्राछात्र डोल्मा तामाङ र कल्याण माविका सुजिन तामाङ भएका छन् ।
बेलुन ब्लाष्ट प्रतियोगितामा छात्रतर्फ महादेव माविका आकास तामाङ र छात्रातर्फ सोही विद्यालयका लासाङ तामाङ प्रथम भए । द्धितियमा छात्रातर्फ कल्याण माविका सुनमाया तामाङ र छात्रतर्फ महादेवका बलबहादुर तामाङ भए । तृतियमा घ्याङफेदीकै छात्राछात्र सुकुमाया तामाङ र मिङमार ग्याल्बु भएका हुन् ।
यसैगरी हाजिरी जवाफ प्रतियोगितामा महादेव माविका विद्यार्थी सुगम तामाङ, सरिता तामाङ, विक्रम रुम्बा तामाङ, प्रमोद रुम्बा र टिकाराम तामाङका समूह प्रथम भए ।
रुकमणी माविका रेश्मा मोक्तान, मनिष श्रेष्ठ, दिपेश ढुङ्गाना, जेनिसा थापा र निशा तामाङका समूहले द्धितिय स्थान हासिल गरेका छन् ।
विरेन्द्र माविका दिलमाया तामाङ, मिलन तामाङ, दिनेश तामाङ, जितपाल तामाङ र गोपी तामाङको समुह तृतिय स्थान हासिल गरेका छन् ।
यस्तै वादविवादमा दुप्चेश्वरका श्रद्धा आचार्य प्रथम, घ्याङफेदीका राजु तामाङ द्धितिय र रुकमणीका समर्पण आचार्य तृतिय भएका हुन् ।
कार्यक्रममा पालिका अध्यक्ष योविन्द्रसिंह तामाङले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई सक्रिय बनाउने भएकोले थप नयाँ कार्यक्रम अगाडि बढाउने उल्लेख गरे । यसका लागि उनले आर्थिक वर्षको नीति तथा कार्यक्रममा आवश्यक बजेट समेत समावेश गरेको बताए ।
यसैगरी तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले राष्ट्रको सच्चा नागरिक बनाउनमा यस्तो कार्यक्रमले ठुलो भूमिका निभाउने बताए ।
अतिथिहरु उपाध्यक्ष अञ्जु आचार्य, प्रशासकीय अधिकृत रामहरि गजुरेल, सबै विद्यालयका प्राधानाध्यापक, शिक्षक लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रम संयोजक प्रदिप विसीको संयोजकत्वमा सम्पन्न भएको थियो ।