तेजाव आक्रमणमा परेकी खातुनले पाइन् आर्थिक सहयोग

0 Shares
काठमाडौ

तेजाव आक्रमणमा परी घाइते भएकी बिरगञ्ज नगरपालिका-२, छपकैयाकी १५ वर्षीय मुस्कान खातुनले आर्थिक सहयोग पाएकी छिन् ।

घाइते खातुनले नोभेम्बर १४ तारिखमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबले ६८ हजार १ सय ९० रुपैंया हस्तान्तरण गरेपछि सहयोग पाएकी हुन् । वीरगञ्जस्थित त्रिभूवन उच्च माविको कक्षा ९मा अध्ययनरत खातुनलाई बिहान विद्यालय जाँदै गर्दा दुईजना स्थानीय युवाले तेजाव प्रहार गरेको थियो ।

उक्त प्रहारबाट खातुनको अनुहारको दायाँ भाग, घाटी, छाती र हात डढेको थियो । उनी हाल ‘नेपाल क्लेफ्ट एण्ड बर्न सेण्टर’ अस्पताल कीर्तिपुरमा उपचाररत छिन् । विभिन्न माध्यमबाट जानकारी पाएपछि समाजले खातुन सहयोगार्थ अभिनय चलाएर आर्थिक जुटाएको जानकारी दिए ।

समाजद्वारा सङ्कलित आर्थिक सहयोग काठमाडौंस्थित खातुनको डेरामा पुगेर हस्तान्तरण गरेको प्रतिनिधि ऐनुल हकले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका