मखमली मखमलीको ट्रेलर सार्बजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

चलचित्र मखमली मखमलीको ट्रेलर सार्वजनिक भएको छ । मंसिर १३ गतेबाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ ट्रेलर सार्वजनिकसँगै निर्माण पक्ष अहिले फिल्म प्रचारका लागि तिब्र रुपमा लागेको छ ।

चलचित्रमा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालको आफ्नै जिवनमा घटेको घटनामा आधारित कथा हो ।

निर्देशक राजु गिरीको निर्देशनमा बनेको चलचित्रमा जयकिशन बस्नेत, सुभेच्छा थापा, सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ लगायत कलाकारहरुको अभिनय रहेका छन् ।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका