ट्रम्प अर्को महिना बेलायत जाने

0 Shares
अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जाने भएको छ । नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन ट्रम्प बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

“राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको छ, त्यस अवसरमा उहाँले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुनेछ,” ह्वाईट हाउसका एक अधिकारीले भने’ ।

ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जाने उल्लेख गरिएको छ । आउदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुने भ्रमणका क्रममा उनले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्ने तय भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका