तामाङ कलाकार सङ्घ दोहा कतारको अधिवेशन सम्पन्न

अस्मिता घिसिङ संवाददाता
42 Shares
कतार

नेपाल तामाङ कलाकार सङ्घ दोहा कतारको तेस्रो साधारणसभा तथा अधिवेशन शुक्रबार नोभेम्बर १५ तारिखमा सम्पन्न भएको छ । कार्यक्रम दोहाको नज्मास्थित गोर्खा नेपाली रेस्टुरेण्टको सभाहलमा भएको हो ।

अधिवेशनबाट अध्यक्षमा सोमन तामाङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको प्रथम उपाध्यक्ष नबराज तामाङ, द्वितीय उपाध्यक्ष कुमार ओख्रेली, महासचिव इन्द्र तामाङ, सचिव रविन्द्र तामाङ, कोषाध्यक्ष समिर तामाङ, सहकोषाध्यक्ष सृष्टि तामाङ चयन भएको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमशः मोहन थिङ तामाङ, सम्सेर तामाङ, चक्र तामाङ, एलिना तामाङ, सिर्चेन तामाङ, अस्मिता पाख्रिन र मान बहादुर तामाङ रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथिमा नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष धिरेन तामाङले सङ्घले सफलता पूर्वक साधारणसभा तथा अधिवेशन गरेकोमा धन्यवाद दिए । सङ्घले कतारमा रहेका तामाङ कलाकारहरुलाई विभिन्न सचेतना मुलुक कार्यक्रमहरू गरेर कला, संस्कृति भाषा लगायतको संरक्षण तथा सम्बर्द्धन गर्नुपर्ने बताए ।

समारोहमा विशेष अतिथि नेपाल प्रवासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार तीर्थ थिङ तामाङले प्रवासमा व्यस्तताका बाबजुद पनि सङ्घ मार्फत कतारमा रहेका तामाङ कलाकारहरुले तेस्रो साधारणसभा तथा अधिवेशन गरेकोमा धन्यवाद दिए । उनले थपे- कलाकार भनेको समाजको ऎना हो, उहाँहरुले समाजमा भएका विकृति, विसङ्गति लगायतलाई कलाबाट हुबहु उतार्दै खबरदारी गर्छन् । त्यस्ता विकृति र विसङ्गतिहरुलाई कलाकारहरुसँगै समाजसेवी विभिन्न सङ्घसंस्था, राजनीति दलका भातृ सङ्गठन सबै मिलेर खबरदारी गर्दै निर्मुल पार्नुपर्छ, उनले भने ।

सङ्घका प्रमुख संरक्षक सुक बहादुर तामाङ, लामा गुरु गुर्बा लामा लगायत विभिन्न सङ्घसंस्थाका प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए ।

सङ्घको प्रगति प्रतिवेदन सचिव नेत्र वाईबा तामाङले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन महासचिव रञ्जित तामाङले प्रस्तुत गरेका थिए । कार्यक्रम महासचिव रञ्जितले सञ्चालन गरेका थिए । निर्वाचन संयोजक शङ्खलाल तामाङको संयोजकत्वमा निर्वाचन समिति गठन गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सोमनले सबैको साथ र सहयोग लिएर संस्थालाई अँझै चुस्त र दुरुस्त ढङ्गबाट अगाडि बढाउने प्रतिबद्धता गरे ।

कार्यक्रमलाई मनोरञ्जनमय बनाउन सङ्घका बरिस्ठ कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

“तामाङ कला र संस्कृतिको जगेर्ना गरौ विश्वभरि छरिएर रहेका तामाङ कलाकार एक हौ “ भन्ने मूल नाराका साथ सन् २०१६मा सङ्घ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षणमा स्थापना गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका