साझा मञ्च साउदी अरेबियाद्वारा संयोजकको बिदाइ

खोबार, साउदी अरेबिया

नेपाली साझा मञ्च साउदी अरेबियाले रियाद संयोजक विपुल ढुङ्गानालाई बिदाइ गरेको छ ।

मञ्चले शुक्रबार नोभेम्बर १५ तारिखमा खोबारको कर्निचस्थित एक कार्यक्रम गरी रियाद संयोजकको बिदाइ गरेको हो । संयोजक ढुङ्गाना यहीँ डिसेम्बर १५ तारिख साउदी बसाईलाई बिट मारी नेपाल फर्किदै छन् ।

रियाद संयोजक ढुङ्गानालाई मञ्चका साउदी अरेबिया प्रमुख सल्लाहकार कृष्ण पुरी र उपसंयोजक अकल प्रधानले सयुक्त रुपमा मायाको चिनो स्वरुप सम्मानपत्र हस्तान्तरण गरेको थियो ।

स्थापनाकालदेखि नै सक्रिय रहेका रियाद संयोजक ढुङ्गाना नेपाल फर्किन लागेकोमा प्रमुख सल्लाहकार पुरीले शुभकामना दिए । उनले थपे- साउदी अरेबियाकै राजधानी जस्तो ठाउँको संयोजकको साथ यता छुटेपनि नेपाल रहेको केन्द्रीय कार्यालयसँग जोडिने छ भन्ने आशा लिएका छौँ ।

मञ्चका साउदी अरेबिया उपसंयोजक प्रधानले प्रवासमा व्यस्तताका बाबजुद मञ्चमा आबद्ध भई यहाँसम्म आइपुग्नुमा रियाद संयोजक ढुङ्गानको ठुलो योगदान रहेको बताए । मञ्चको शाखा साउदीमा मात्र नभई कुवेत, ओमन लगायतका देशहरू छ, उपसंयोजक प्रधानले भने” जहाँ पुगेपनि समाजमा भएका विकृति, विसङ्गतिलाई हटाई सभ्य बनाउनुपर्छ भन्ने हो ।

रियाद संयोजक ढुङ्गानाले मञ्चले सम्मानपत्र सम्मानित गरी बिदाइ कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । उनले नेपाल पुगेर मञ्चको काठमाडौमा रहेको केन्द्रबाट निरन्तर समाज परिवर्तनका साथै साउदीमा जस्तै श्रमिकको हकहितका लागि लागिरहने बताए ।

उक्त कार्यक्रम दमाम संयोजक अञ्जान गुभाजु, अल खोबार संयोजक भगवती दाहाल, पिटी अनलाइनका प्रबन्धक सुञ्जित तामाङ, सामाजिक अभियन्ता सुजन घिमिरे, विष्णु श्रेष्ठ, दिल्ली श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायत उपस्थित रहेको थियो ।

“देशका लागि केही त गरौं” भन्ने नाराका साथ सन् २०१५मा मञ्चको स्थापना भएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका