हाइकिङको माध्यमबाट पर्यटकीयस्थलको प्रवर्द्धन

सैलुङअनलाइन संवाददाता
0 Shares
पोखरा
kf]v/f, @ dªl;/ -/f;;_M xfOs;{ Sna g]kfnsf] cfof]hgfdf xfOlsª ub}{ kf]v/f dxfgu/kflnsf @! d§Lvfg k'u]sf cfGtl/s ko{6ssf] 6f]nL . Snan] xfOlsªsf dfWodaf6 ljleGg ko{6sLo :yfgsf] k|j4{g ub}{ cfPsf] 5 . t:jL/M jf;'b]j kf}8]n

हाइकिङको माध्यमबाट विभिन्न पर्यटकीयस्थलको प्रवर्द्धन गर्दै आएका हाइकर्स क्लब नेपालले आफ्नो आठौं संस्करणको हाइकिङका लागि पर्यटकीय स्थल मट्टिखानलाई रोजेको छ ।

पोखरा महानगरपालिका- २१ मा रहेको मट्टिखान क्षेत्रका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यका साथ आठौं संस्करणको हाइकिङ मट्टिखान क्षेत्रमा गरिएको हाइकिङका संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।

प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न पर्यटकीय गाउँ तथा ठाउँमा हाइकिङ गरिँदै आइएको बताउँदै उनले ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ नाराका साथ यस अघि मिर्सा, काहुँडाँडा, शान्ति स्तुपा, चिलाउने खर्क, ठूला कोटलगायतका सात पर्यटकीय स्थलको हाइकिङ गरिसकिएको जानकारी दिए ।

हाइकिङसँगै घरवास सञ्चालित गाउँको प्रवद्र्धनको समेत उद्देश्य राखेका कारण गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)सँग पनि सहकार्य गरिएको रानभाटले बताए । छोटो दूरीका पदमार्ग, पर्यटकीयस्थलको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग पनि सहकार्य गर्दै अघि बढिने उनको भनाइ छ ।
आठौं संस्करणको हाइकिङका क्रममा २१ जना सहभागी भएको जानकारी दिँदै ट्रेकिङ गाईड सुन्दरमणि त्रिपाठीले स्याङ्जा र कास्कीको सिमानास्थित कुभिण्डेबाट पदयात्रा गर्दै रामकोटस्थित गुरुङ संग्रहालय, कालिका मन्दिर, साल्मेडाँडाको निर्माणाधिन गोर्खा स्मारकका साथै त्यहाँका ग्रामीण जनजीवनको अवलोकन गर्दै मट्टिखान पुगेको जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका