नेपाल फेडरेसन ईन्टरनेश्नल कराते क्योकुशिनकाई डोजो छम्पिको सेमिनार हुने भएको छ ।
आगामी पुष १ देखि ३ गतेसम्म विनडो हिल रेस्टुरेन्ट छयासिकोट ललितपुरमा एफआईकेके सेमिनार हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
पुस ४ र ५ गते छम्पी डोजोले छम्पी खेल मैदानमा प्रतियोगिताको आयोजाना हुने दोस्रो राष्ट्रब्यापी क्योशिनकाई कराते प्रतियोगिता २०७६ आयोजनासमेत जानकारी दिए ।
विश्वासका १० राष्ट्रका खेलाडीले विभिन्न उमेर तौल समुहका खेलाडीको सहभागी हुने कराते संघका अध्यक्ष लाक्पा शेर्पाले बताए ।
संघले भिजिङ नेपाल २०२० लाई लक्षित गरि प्रतियोगिता गर्ने लागेको बताउँदै अध्यक्ष शेर्पाले भने, ‘यो नेपालमा दोश्रो प्रतियोगिता भएको र पहिलो कार्यक्रम गत असोजमा काभ्रेको मण्डनदेउपुर नगरपालिकामा गरेको थियो ।’
यस्तै संघले खेल क्षेत्र मात्र नभई विविध सामाजिक क्षेत्रमा पनि काम गरिरहेको संघका केन्द्रीय सचिव विक्रम महर्जनले बताए ।
छम्पीमा हुने प्रतियोगितामा सातै प्रदेशबाट १०० भन्दा बढी प्रतियोगी सहभागी हुनेछन् ।
सेमिनारमा कराँतेका जन्मदाता एवं महान गुरु इटालीका कान्चो रिकार्डो भिल्लाको उपस्थितिमा विभिन्न देशका प्रशिक्षकहरुसहित १० देशका खेलाडीहरुको उपस्थितिमा प्रशिक्षण हुनेछ ।
कार्यक्रमले नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने संघका अध्यक्ष शेर्पाले बताए ।