प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको कार्यक्रम फिदिम नगरपालिकामा पनि असार ८ गतेदेखि सुरु भएको छ ।
पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको सुरुवात नगरपालिकाको–१ मा रहेको मुस्कान चोकबाट सुरु भएको हो । शनिबारे हटिया र बदसाला निर्माणका लागि नगरपालिकाले लिजमा लिएको जग्गा सम्याउने आयोजनाबाट सुरुवात गरेको हो,रोजगार संयोजक लक्षिमा योञ्जनले बताइन् ।
आयोजनामा जम्मा ५ लाख बजेट विनियोजन गरिएको छ । बजेटको ७० प्रतिशतले हुन आउने पारिश्रमिकबाट जम्मा ३८ जनालाई १५ दिनको रोजगार प्रदान गरिएको छ । त्यसैगरी वडा नम्बर २ मा पनि वडा कार्यालय जाने बाटोमा पर्ने जामुने खोल्सामा ग्यानि तारजाली भर्ने आयोजना असार ११ गतेबाट सुरु गरिएको छ । उक्त आयोजनामा ३६ जना बेरोजगार व्यक्तिहरुले १५ दिनको रोजगारी पाएका छन् ।
नगरपालिकामा १४ वटा आयोजना सञ्चालन हुने र जसमा २५२ जनाले १५ दिनको रोजगारी पाएको संयोजक तामाङले बताइन् ।
कामका लागि पारिश्रमिकमा आधारित आयोजना सन्चालनका लागि जम्मा बजेट ३४ लाख ससर्त अनुदानमा विनियोजन भएको छ ।
फिदिम नगरपालिकाका बेरोजगार व्यक्तिहरु आफ्नो ठाउँको आयोजनामा सहभागी भई काममा गरिरहेका छन् ।
आयोजनाको सूभारम्भ नगरप्रमुख ओनाहाङ नेम्वाङ र नगरउपप्रमुख उर्मिला प्रधान श्रेष्ठ, वडा नम्बर १ र २ का वडा अध्यक्ष, वडा सदस्यहरुको उपस्थितिमा गरिएको थियो ।