तालिवानद्वारा बन्दी बनाइएका किङ र टिमोथी रिहा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
अफगानिस्तान

अफगानी तालिवान विद्रोहीले सन् २०१६ मा अपहरण गरी बन्दी बनाइराखेका दुई प्राध्यापक रिहा भएका छन् ।

तालिवान समूहले अमेरिकी प्राध्यापक केभिन किङ र अष्ट्रेलियाली टिमोथी वीकलाई मङ्गलबार रिहा गरेको अफगानी तालिवान समूह तथा यहाँको प्रहरीले पुष्टि गरेको छ ।

अमेरिकी प्राध्यापक किङ र अष्ट्रेलियाली टिमोथीलाई विहान १० बजे अफगानिस्तानको जाबुल प्रान्तको नावबहार जिल्लाबाट रिहा गरिएको छ । उनीहरू अमेरिकी हेलिकोप्टरमा चढी जाबुलबाट उडेको थियो । उनीहरूको रिहाईबारे अफगानिस्तानस्थित अमेरिकी राजदूताबासले भने समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया दिइसकेको छैन ।

अफगानी प्रहरी र तालिवानका विभिन्न तीन समूहले भने ती दुई पश्चिमी मुलुकका प्राध्यापक रिहा भएको बताएका छन् ।अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान लडाकू समूहले बन्धक बनाइराखेको दुईजना व्यक्तिसँग आफ्नो सरकारले बन्दी बनाउँदै आएका तीन तालिवानी लडाकूसँग सट्टापट्टा गर्न लागेको गत मंगलबार पत्रकारहरूलाई जानकारी दिएको थियो ।

सन् २०१६ को अगस्टमा अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानमा अध्यापनरत प्राध्यापकद्वय अमेरिकी केभिन किङ र अस्ट्रेलियाली टिमोथीलाई तालिवान समूहले अपहरण गरेको थियो । अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो विश्वविद्यालयमा पढाएर बाहिर निस्केका ती दुई प्राध्यापकलाई बन्दुकधारीहरूको एक समूहले जबर्जस्ती एउटा सवारी साधनमा राखेर लगेको थियो ।

उनीहरूलाई अपहरणपछि पहिलो पटक सन् २०१७ को जनवरीमा एउटा भिडियोमार्फत सार्वजनिक गरिएको थियो । त्यस भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तिनीहरूको सकुशल रिहाइका लागि निश्चित सम्झौतामा सहमति जनाउन आह्वान गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका