कारबाहीमा पाँच तालबानी लडाकू मारिए

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
अफगानिस्तान

अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबानी लडाकूविरुद्ध जारी रहेको सुरक्षा कारबाहीको क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।

अफगान राष्ट्रिय सेना (एएनए) ले आइतवार हेलमान्ड प्रान्तको मार्जा जिल्लामा सो सुरक्षा कारबाही गरेको थियो । उक्त जिल्लालाई आतंकवादबाट मुक्त गर्नको लागि यो अभियान जारी राखिएको सेनाद्धारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा अफगान वायुसेनाले मार्जा जिल्लाको छुट्टाछुट्टै स्थानहरूमा उग्रवादीहरूको आखाडालाई लक्ष्यगरी गरेको हवाई कारबाहीका क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुईजना घाइते भएका थिए ।

यस कारबाहीको क्रममा केही हतियार र गोलीहरू समेत ध्वस्त गरिएको बताइएको छ । एएनए बम निष्क्रिय बनाउने टोलीले मार्जामा आइतवारदेखि तालिबानहरुले योजना गरेको १७ वटा बारुदी विस्फोटक पदार्थ र विस्फोटक उपकरणहरू (आईईडी) फेला पारेर सुरक्षित विस्फोट गरेका थिए ।

सेनाका जवानहरूले स्थानीय गाउँलेहरुको अनुरोधमा १.२ किलोमिटर सडक पनि पुनःनिर्माण गरेका छन् । अफिम खेतीका लागि प्रख्यात हेलमाण्ड प्रान्तमा तालिबानीको बलियो प्रभाव रहेको छ ।

अफगान सुरक्षाबलले हालै तालिबानी लडाकूहरूविरुद्ध सुरक्षा अभियानलाई थप गति दिएका छन । तालिबानी लडाकू समूहले हालसम्म यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका