यो हावामा यशराज र ऋचाको रोमान्टिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

प्रेम कथानक फिल्म ‘लभ यु हमेशा’मा समाबेश ‘यो हावा किन चल्छ’ बोलको गीत बुधबार सार्वजनीक गरिएको छ । मंसिर १३ गते प्रदर्शन हुने फिल्मको रोमान्टिक गीतमा यशराज र ऋचा थापा फिचर छन् ।

भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मको सो गीत सुधीर राई र मेलिना राईले गाएका हुन् । भासुको शब्द र संगीत रहेको गीत फिलिपिन्सको समुन्द्री तटमा खिचिएको हो । रामजी लामीछानेले कोरियोग्राफी गरेको गीत प्रेमा भावले प्रेरित छ ।

कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ, सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मले स्वदेशमा पनि दर्शकको मन जित्ने बिश्वास निर्माता यवनले ब्यक्त गरे । पत्रकार सम्मेलन कार्यक्रममा अभिनेता यशराजले आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए ।

अभिनेता ऋचाले पनि आफू यो फिल्मबाट ठूलो आशा राखेको बताइन् । उनले दार्जिलिङ रिलिजमा दर्शकले फिल्म निकै मन पराएको प्रसंग उल्लेख गरिन् भने अर्की अभिनेत्री फिजा योञ्जनले फिल्म हेरेका दर्शकले निकै राम्रो कमेन्ट गरेकाले खुशी लागेको बताइन् ।


फिल्मका बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘लभ यु हमेशा’ प्रेम मन पराउने सबैका लागि सुन्दर फिल्म बनेको बताए । उनले आफूहरुले यो फिल्म धेरैभन्दा धेरै हलमा प्रदर्शन गर्न लागी परेको सुनाए । शिव ढकालले खिचेको फिल्ममा यशराज गरच, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), शिसिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा कमल राई र रामजीको कोरियोग्राफी छ ।
मिलन गुरुङ सहनिर्माता रहेको फिल्म मंसिर १३ मा देशभरका हलका साथै भारतका केही थप हलमा प्रदर्शन हुने जानकारी निर्माता यवनले दिए ।

तपाईको प्रतिक्रिया