गायिका अञ्जु लामाको ‘सुन सुन साथी’ गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ ।
काठमाडौं बौद्धस्थित जेएफसी क्याफेको सभाहलमा सार्वजनिक भएको हो । गीतमा युवा अवस्थामा एउटा केटीले जवानी महसुस गरेको भावलाई प्रस्फुटन गरेको यसै गीतका रचनाकार एवं संगीतकार सुसन लामाले बताए ।
गीतमा संगीत संयोजन नोर्बु शेर्पाले गरेका छन् भने गायिका अञ्जु र दोर्जे लामाले अभिनय गरेका छन् ।
अजय स्याङ्तानद्धारा सम्पादन, निर्देशन र कोरियोग्राफर गरेको भिडियोको छायांकन विक्रम मोक्तानले गरेका हुन् ।
गायिका लामाले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय र स्वर दिइसकेकी छिन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1