कृषकलाई सात लाख अनुदान

धनकुटा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्र्तगत ७ लाख रुपैया अनुदान दिएका छन् । तरकारी जोन सिधुवाले यसवर्ष मटरकोषा उत्पादनमा १० प्रतिशत उत्पादकत्व बढाउन सफल कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिएको हो, सिधुवाका प्रमुख देवेन्द्र साहुले बताए ।

अनुदान छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको ४५ वटा कृषि समुहका ६ सय ५७ जना कृषकलाई ७ लाख रुपैया अनुदान रकम वितरण गरेको हो ।

महालक्ष्मी नगरपालिकाको ८ र ९ नम्वर वडाका लागि १ लाख ७१ हजार ८ सय ५० र छथरजोरपाटी गाउपालिकाको वडाहरुमा ६ नम्वर वडालाई १ लाख ७४ हजार ३ सय, ५ नम्वर वडालाई १ लाख ६८ हजार र २ नम्वर वडालाई १ लाख ८५ हजार ८ सय ५० रुपैया वितरण गरिएका प्रमुख साहुले बताए ।

प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०७३ खण्ड ४, उपखण्ड ४.३ बमोजिम हरेक वर्ष कृषकहरुलाई जोनमार्फत अनुदान दिएको हो । गतवर्ष सिजुवाको बन्दकोपीमा अनुदान दिएको थियो । यस वर्ष भने मटरकोषामा दिएको हो ।

महालक्ष्मीका नगरप्रमुख पर्शुराम नेपालले विकास हुनका लागि टोल सुध्रिनु आवश्यक रहेको बताए ।

यसैगरी छथरजोरपाटीका अध्यक्ष सेरबहादुर लिम्बुले निर्यातको सट्टामा आयतले सहजता भएको बताउदै अनुदानले हौसला मिलेको छ ।

कार्यक्रममा कृषकहरुलाई सम्मान पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया