गायिका अञ्जुको ‘सुन सुन साथी’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

गायिका अञ्जु लामाको ‘सुन सुन साथी’ गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ ।

काठमाडौं बौद्धस्थित जेएफसी क्याफेको सभाहलमा सार्वजनिक भएको हो । गीतमा युवा अवस्थामा एउटा केटीले जवानी महसुस गरेको भावलाई प्रस्फुटन गरेको यसै गीतका रचनाकार एवं संगीतकार सुसन लामाले बताए ।

गीतमा संगीत संयोजन नोर्बु शेर्पाले गरेका छन् भने गायिका अञ्जु र दोर्जे लामाले अभिनय गरेका छन् ।

अजय स्याङ्तानद्धारा सम्पादन, निर्देशन र कोरियोग्राफर गरेको भिडियोको छायांकन विक्रम मोक्तानले गरेका हुन् ।

सिन्धुली सुनकोशी गाउँपालिका- ७ की अञ्जुले २०७२ बाट सांगीतिक यात्रा थालनी गरेकी हुन् । उनीले नोबाला सिन्धुली, मुनाल जोडी, सिङश्वर म्हेन्दोरी, हिमालको चौरी, आनीको छोरी लगायत १५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन्।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका