ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले मङ्गलबार ‘सोसल लिबरल पार्टी’ (पीएसएल) बाट औपचारिकरूपमा अलग्गिने घोषणा गरेको छ ।
ब्राजिलको राष्ट्रपति हुन अबसर प्रदान गरेको ‘सोसल लिबरल पार्टी’बाट छुट्टिएर नयाँ राजनीतिक दल खोल्ने तयारी गरेको उनका निकट स्रोतहरूले बताएको छ ।
बोल्सोनारो राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि उक्त पार्टीमा गत बर्ष जोडिएको थियो । तर उनको र पार्टी अध्यक्ष लुसियानो बिभरबीच केही महिनादेखि तनाब चर्किएको थियो । बोल्सोनारो र बिभरबीचको विवाद बढ्दै गएपछि राष्ट्रपतिले नयाँ दल खोल्ने तयारी गरेको बताइएको छ ।
ब्राजिलियाली राष्ट्रपतिले अलायन्स फर ब्राजिल नामक नयाँ पार्टी खोल्ने अनौपचारिक चर्चा भने यस पहिले नै आएका थिए । तर नयाँ दलको स्थापना भएको घोषणा बिहीबार हुने अपेक्षा गरिएको छ । उक्त दलले आगामी मार्चसम्ममा राष्ट्रिय दलको रूपमा दर्ता प्रक्रियालाई पूरा गर्ने तयारी रहेको बताइएको छ ।
बोल्सोनारो अलग्एिपछि उक्त दलले एक भेला गरी बिभरलाई दलको सम्पूर्ण राजनीतिक नेतृत्व लिनेगरी जिम्मेवारी तोकेको छ ।