समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुबेशीमा समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत शिक्षक विद्यार्थी आमा समूह र त्यहाँको स्थानियहरुसँग छलफल कार्यक्रम गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रसुवाको आयोजनामा भएको उक्त कार्यक्रममा कस्तो घटना अड्ड अदालत जाने र कस्तो घटनामा गाउँमा मिलाउने र सकभर आपराधिक घटना हुन नदिने सम्बन्धी व्यापक छलफल गरिएको थियो । साथै समुदायमा प्रहरी साझेदारी कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममा जिल्ला सरकारी न्यायाधि वक्ता बाबुराम भट्टराई रसुवा जिल्ला अदालतका श्रेस्तादार सदन अधिकारी जि.स.स. प्रमुख छोपेमा तामाङ गोसाईकुण्ड गापाकी उपाध्यक्ष कार ग्याल्मो श्रेष्ठ सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टराई प्रहरी नायव उपरीक्षक भागेन्द्र पुरुष ढकाल लगायत आमा समूह शिक्षक विद्यार्थी र स्थानियबासी र सरोकारवालाहरुको उपस्थितिरहेको थियो ।

समाजमा हुने कुनै पनि आपराधिक घटना हुन नदिन सबैको दायित्व भएकोले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका