माध्यमिक शिक्षा (एसईई) २०७५ कोे परीक्षाफल बिहीबार प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको लागि दिउसो १ बजे बोर्ड बैठक बस्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए ।
गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको वेभसाइट http://see.ntc.net.np/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिनेछ ।
त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np मा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको धधध।लभद।नयख।लउ मा हेर्न सकिनेछ ।
यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।