दश आइएस लडाकूद्वारा आत्मसमर्पण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
अफगानिस्तान

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेष बलका कमाण्डरले बताएको छ ।

नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफू हतियारसहित अफगान विशेष सेनालाई आत्मसमर्पण गरेका छन् । अफगानसेनाद्वारा जारी विज्ञप्तिमा बाँकी आईएस सदस्यहरूले पनि आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प नभएको बताइएको छ ।

महिला र बालबालिकाहरूलगायत ६ सय भन्दा बढी आईएसका लडाकूहरू र उनीहरूका परिवारले गत हप्ताहरूमा सुरक्षाबलसमक्ष आत्मसमर्पण गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका