एनआइसी एसिया बैंकको शाखा स्याफ्रुबेशीमा सञ्चालन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

एनआइसी एसिया बैंक शाखा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं.५ स्याफ्रुवेशीमा सञ्चालनमा आएको छ ।

बैंकले ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थित भएर थप मजबुद बनाउने उद्देश्य स्याफ्रुबेशीमा नयाँ शाखा कार्यालयको स्थापना गरेको बताए । गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ उपाध्यक्ष कार ग्याल्मो श्रेष्ठ र एनआइसी एसिया बैंकका सिइयो रोशन कुमार न्यौपानेले संयुक्त रुपमा शुक्रबार एक कार्यक्रम विच उद्घाटन गरेका हुन् ।

शाखा सञ्चालनमा आए संगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास लिएको शाखा प्रबन्धक नवराज गजुरेलले बताए । बैंकको मुलुक भर ३१० शाखा कार्यालयहरु ,३८९ एटिएम ,९० वटा एक्स्टेन्सन काउन्टर एवं ४२ वटा शाखा सहित स्याफ्रुबेशीमा पनि निरन्तर सेवा प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया