वित्तीय संस्थाहरुको साझा कर्मचारी युनियन गठन

सैलुङअनलाइन संवाददाता
चरिकोट, दोलखा

दोलखा जिल्लामा रहेका वित्तीय संस्थाहरु बैंक, बीमा तथा सहकारी संस्थाहरुको साझा संगठन वित्तीय संस्था तथा सहकारी कर्मचारी युनियनको शनिबार भिमेश्वरमा तदर्थ समिति गठन भएको छ ।

जिफन्ड प्रदेश नंं. ३ का इन्चार्ज नीरकुमार फुयालले प्रमुख आतिथ्यता सम्पन्न भेलाले सहदेव अधिकारीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।

समितिका पदाधिकारी तथा सदस्यहरुमा क्रमशः उपाध्यक्ष तारा तामाङ, सचिव बलराम केसी, सहसचिव कृष्ण शिवाकोटी, कोषाध्य्क्ष विश्वराज श्रेष्ठ, सदस्यहरुमा नारायण चौलागाईं, पुस्पक केसी, यमुना मोक्तान र गङ्गा शिवाकोटी रहेका छन् ।

प्रमुख अतिथि फुयालले सहअस्तित्वका तथा साझा वित्तीय समस्या समाधानार्थ समितिले प्रभावकारी कार्य गर्न सकोस् भनि शुभकामना दिँदै कार्यसमितिलाई बधाई पनि ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका