नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनले सांस्कृतिक साँझ-२०२० को आयोजना गरि सोनाम ल्होछार मनाउने भएको ।
बहराइन घेदुङले बिगतका बर्षहरुमा झै यसवर्ष ( जिवा अर्थात मुसा बर्ग) सोनाम ल्होछारको अवसर पारेर सन् २०२० जनवरी २४ शुक्रबार मानमास्थित रहेको डेल्मोन इन्टरनेशन होटल नेपालबाट कलाकारहरु ल्याएर ल्होछार मनाउन लागेको हो ।
साँझ ६ बजेबाट सुरु हुने ल्होछार सांस्कृतिक साँझका लागि नेपालबाट सेलो गायिका जितु लोप्चन, सेलो गायक प्रयास दोङ र म्हेदोमाया गायिका टीका माया चोथेनलाई आमन्त्रित गरिएको घेदुङका संयोजक प्रेम स्याङ्तानले जानकारी दिए । त्यसैगरी साउदीबाट म्हेन्दोमाया गायक म्हेन्दोमाया गायक रोम लामा र आरबि लामा बहराइन आउने संयोजक स्याङ्तानले बताए ।
कार्यक्रम हुने स्थानसम्म आउन बहराइनको विभिन्न क्षेत्रबाट नि:शुल्क यातायातको व्यवस्था गरेको घेदुङका उपसंयोजक प्रेम तितुङले बताए । उनका अनुसार कार्यक्रम स्थलमा विभिन्न स्टलहरु रहनेछन् । स्टल राख्न इच्छुक रहेका संघसंस्था वा व्यक्तिले आयोजकसँग सम्पर्क राख्न उपसंयोजक तितुङले आग्रह गरे ।
ल्होछारलाई बिगतका बर्षहरुमा झै सभ्य तथा भब्य रुपमा सफल पार्न बहराइनमा स्थापित संघसंस्था, संगठन, व्यवसायी, बुद्धिजीवी, कलाकार, पत्रकार र तामाङ तथा गैर तामाङ लगायतलाई उपस्थितिका लागि घेदुङका उपसंयोजक मान वाईबाले आग्रह गरे ।
“ग्योइ ह्रीमठिम थेन दोङराप ता छर्ना लाअी,मोक्कोन तामाङ गिक तासी ङ्हाच्छा ब्राअी” भन्ने मुल नारा लिएर सन् २००९ मा एसियाका मध्यपूर्वीमा रहेका बहराइन घेदुङको स्थापना भएको थियो ।